नियम ११
सम्पत्ति वा साधन प्रयोग गर्न सकिने;
(१) ऐन तथा यस नियमावली बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन अनुसन्धान अधिकारीले नोक्सान नहुने बा कुनै किसिमले क्षति नपुग्ने गरी सुरक्षित राखु पर्नेछ ।

(२) ऐन तथा यस नियमावली बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनबाट आयस्ता प्राप्त हुन सक्ने देखिएमा बिभागले इच्छुक व्यक्ति वा संस्थासँग सरकारी सम्पत्ति लिजमा दिने सम्बन्धी प्रचलित कानून बमोजिम करार गरी त्यस्तो सम्पत्ति वा साधन भाडामा लगाउन वा लिजमा दिन वा खेतीयोग्य जग्गा भए खेती लगाउन वा अन्य कुनै आयस्ता हुने काममा प्रयोग गर्न वा उपयुक्त रूपमा व्यवस्थापन गर्न वा गराउन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम सम्पत्ति वा साधन प्रयोग गर्दा कुनै आयस्ता भएमा सौको सञ्चालन खर्च कटाई बाँकी रकम ऐनको दफा ७ बमोजिम धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।